क्रिस कार्कीले काठमाडौं गुर्खाजबाट मंसिर १५ गते देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्।
शनिबार वा डे क्रिकेट एकेडेमी का“डाघारीमा भएको अन्तिम छनोटबाट ‘लोकल आइकोनिक प्लेयर’ को रुपमा काठमाडौं गुर्खाजमा स्थान पक्का गरेका हुन्।
काठमाडौं गुर्खाजले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) बालुवाटार, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) भक्तपुर र द ग्रेट हिमालय क्रिकेट एकेडेमी ललितपुरमा यसअघि तीन दिन प्रारम्भिक चरणको छनोट गरेको थियो । त्यसका लागि झन्डै ५ सय खेलाडीले दर्ता गरेका थिए । शनिबारको अन्तिम छनोटमा ३२ खेलाडी रहेका थिए ।
त्यसमध्येबाट उत्कृष्ट खेलाडी बन्दै क्रिस काठमाडौं गोर्खाजको टोलीमा समेटिएका हुन् । एनपीएलको नियमनुसार हरेक टोलीले आफ्नो प्रदेश अन्तर्गत रहेका एक खेलाडी लिनु पर्ने प्रावधान थियो । सोहि अनुरुप क्रिस काठमाडौं गुर्खाजको टोलीमा छनोट भएका हुन् ।
ट्यालेन्ट हन्टबाट काठमाडौं गुर्खाजले विपिन न्यौपाने, असिम श्रेष्ठ, अथर्व पौडेल, शारदुल भट्ट, राजेन्द्र बम र कमल गुप्ता गरी अन्य ६ खेलाडी पनि लिएको छ । काठमाडौं गुर्खाजका प्रमुख प्रशिक्षक वसन्त शाहीका अनुसार क्रिस बाहेक अन्य ६ टोलीले पनि टोलीस“गैं बसेर प्रशिक्षण गर्नेछन् र उनीहरुलाई प्रत्सोहान स्वरुप जनही २५ हजार उपलब्ध गराइने छ ।
काठमाडौं गुर्खाजको ‘मार्की’ खेलाडीमा करण केसी छन् । त्यसबाहेक टोलीले अक्सनबाट शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश क“डेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको थियो ।
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजले विदेशी खेलाडीको रुपमा यसअघि नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट, नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस तथा इंग्लिस क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई अनुवन्ध गरिसकेको छ।