नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले इंग्ल्यान्डका रवि बोपारालाई भित्र्याएको छ।
उनले टेस्ट, एकदिवसीय र टी-२० सहित कुल १७१ खेलमा इंग्ल्यान्डका प्रतिनिधित्व गरेका थिए।
३९ वर्षीय रविले धेरै वर्षसम्म इंग्ल्यान्डको नियमित सदस्य थिए।
उनले क्रिकेटका ४७८ खेल, ९४८६ रन र २९१ विकेटका लिनका लागि इंग्ल्यान्ड र विभिन्न टी–२० टोलीका खेलेका थिए।
दायाँ हाते ब्याट्सम्यानले इंग्ल्यान्डको टी–२० ब्लास्टमा ५ हजारभन्दा बढी रन बनाएका छन्।
बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग र इन्डियन प्रिमियर लिगमा पनि उनले आफ्नो प्रभाव देखाएका थिए।