नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक शुक्रबार बस्दैछ। बैठकमा विभिन्न १७ प्रस्तावमा छलफल हुने भएको छ।
जसमा क्यानको नीतिदेखि विभिन्न समितिको कार्यक्षेत्र निर्धारण गरी पूर्णता दिने प्रस्ताव छ। यस्तै क्यानमा कार्यरत कर्मचारी, प्रशिक्षक लगायतको टिओआरमा पनि छलफल हुनेछ।
आगामी वैशाख ४ देखि हुने त्रिदेशीय कपको विषयमा पनि बोर्ड बैठकमा छलफल हुनेछ।
यस्तै बैठकमा नेपाल टी-२० फ्रेन्चाइज लिगको विषयमा पनि छलफल हुनेछ।
नेपाल स्पोर्ट्स एन्ड एभेन्ट्स म्यानेजमेस्टले प्रस्ताव गरेको टी-१० र टी-२० क्रिकेट लिगको सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ।
यहि कम्पनीले आगामी वैशाखमा नेपाल सुपर लिग फ्रेञ्चाइज फुटबल प्रतियोगिता आयोजना गर्दैछ।
नेपालमा कुनै कम्पनीले पहिलो पटक टी-१० लिग गर्ने प्रस्ताव गरेको यो पहिलो पटक हो।
यसअघि नेपाल प्रिमियर लिग आयोजना गर्नका लागि क्यानले भारतीय कम्पनीलाई दिन प्रारम्भिक सम्झौता गरेको थियो। तर विरोध भएपछि क्यानले लिग आयोजनाको काम अघि बढाउन सकेको छैन।
बैठकमा सन् २०२१ का लागि पुरुष तथा महिला क्रिकेटरको नयाँ सम्झौता गर्ने विषयमा पनि छलफल गरिने एजेन्डा छ।
बैठकमा फ्रेञ्चाइज क्रिकेट लिगका लागि बनाइने कार्यविधिमा पनि छलफल हुने एक कार्यसमिति सदस्यले बताए।
यस्ता छन् प्रस्तावहरू