इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रबार नेपाली युवा सन्दीप लामिछानेले विकेट लिएका छन्।
दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका लामिछानेले महेन्द्रसिंह धोनीको टिम चेन्नेई सुपर किंग्सको पहिलो विकेट लिएका हुन्।
१६३ रनको चुनौती पछ्याएको चेन्नईका सुरेश रैनाको को विकेट लिएका हुन्।
१५ रनमा खेलिरहेका रैनालार्इ विजय शंकरको हातबाट सन्दीपले क्याच गराएका हुन्। अाइपीएलमा यो सन्दीपको दोस्रो खेलमा दोस्रो विकेट हो। यसअघि डेब्यू खेलमा सन्दीपले बैंग्लोरका पार्थिव पटेलको विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो।
दिल्लीका लागि रिसव पन्तले सर्वाधिक ३८ रन बनाएका थिए। २६ बल खेलेका पन्तले २ छक्का र ३ चौका प्रहार गरे।
यस्तै अन्तिम ओभरमा १९ रन बनाएका हर्षल पट्टेलले १६ बलमा ३६ रन बनाए। यस्तै विजय शंकरले २८ बलमा ३६ रन जोडे।
दिल्लीका ओपनर ब्याट्सम्यान पृथ्वी शःले १७ बलमा १७ रन बनाए। दिल्लीका कप्तान श्रीयस ऐरले १९ रन बनाएका थिए। ग्लेन म्याक्सवेल ५ रनमा आउट भएका थिए। अभिषेकले चार बलमा दुई रन मात्र जोडेका थिए।