सन्दीप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी

फाइल तस्बिरः आइसिसि

फाइल तस्बिरः आइसिसि


स्पिनर सन्दीप लामिछाने एनएसजेएफ स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन्।

नेपाली क्रिकेट टोलीले एक दिवसीय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उपाधि जितेका हुन्।

आइसिसि विश्व एघारमासमेत छानिएका सन्दीप हाल आइपिएल खेल्न दिल्ली डेयरडेभिल्ससँग आबद्ध छन्।

नेपाली क्रिकेट टिमका लागि वर्षमा सर्वाधिक विकेट लिने खेलाडीसमेत बनेका उनले राष्ट्रिय टिमबाट ३५ सहित कुल ८४ विकेट लिए।

आइसीसी एसिया यू १९ विश्वकप छनोटमा २४ विकेट लिएका उनले कुनै पनि उमेर समूह वा सिनियर टिमका लागि एउटै प्रतियोगितामा सर्बाधिक विकेट लिने कीर्तिमानसमेत बनाएका थिए।

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा १७ विकेट लिदै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

विश्वकप छनोटमा केन्याविरुद्ध २० रन दिएर ५ विकेट लिँदै लिस्ट ए क्रिकेटमा नेपालको लागि उत्कृष्ट बलिङको कीर्तिमानसमेत बनाएका सन्दिप क्यारेवियन प्रिमियर लिगको टिममा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.