नौ वर्षपछि घरेलु मैदानमा पाकिस्तानको सानदार जित


पाकिस्तानले तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा वेष्टइन्डिजलाई १४३ रनले हराएको छ।

कराचीमा ९ वर्षपछि भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा घरेलु टोली पाकिस्तानले पहिले ब्याटिङ गर्दै बनाएको २०४ रनको लक्ष्य पछ्याएको वेष्टइन्डिज मात्र १३.४ ओभरमा अलआउट हुँदै ६० रनमा समेटियो।

यो वेष्टइन्डिजले खेलेको टी-ट्वान्टी खेलमा अहिलेसम्मकै कम स्कोर हो।

पाकिस्तानका लागि हुसैन तलत ४१, फकर जमान ३९, कप्तान सरफराज अहमद ३८ र शोएब मलिकले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा ३७ रन जोडे।

३०४ रको लक्ष्य लिएर मैदानमा आएको पाहुना टोली वेष्टइन्डिज लगातार विक्ट गुमाउँदै ६० रनमा सेमटियो। उसका लागि मार्लोन स्यामुल्सले सर्वाधि १८ रन जोडे। यस्तै रायद इम्रिटले ११ र केमो पाउलले १० रन जोड्नुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्।

वेष्टइन्डिजका चार खेलाडी शून्यमा आउट भए।

तीन टी-ट्वान्टी खेल अन्तर्गत दोस्रो खेल सोमवार र तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.