स्टीव स्मिथको स्थानमा रहाणे बने राजस्थान रोयल्सका कप्तान


बल टेम्परिङ विवादमा फसेपछि आईपीएल टिम राजस्थान रोयल्सका कप्तान स्टीव स्मिथले राजीनामा दिएपछि क्लबले उनको स्थानमा अजिन्का रहाणेलाई कप्तानको जिम्मेवारी दिएको छ। यद्यपी स्मिथ टीममा रहिरहनेछन्।

दुई वर्षको प्रतिवन्धपछि राजस्तान आइपिएलमा फर्किएको हो।

यसअघि दक्षिण अफ्रिका विरूद्धको तेस्रो टेष्ट म्याचका क्रममै अस्ट्रेलिया कप्तान स्टीव स्मिथले कप्तानीबाट राजीनामा दिएका थिए।

बल टेम्परिङ जस्तो गम्भीर आरोप लागेपछि आईसीसीले स्मिथमाथि एक खेलको प्रतिबन्ध र म्याच फिको जरीवाना तिराएको थियो।

अफ्रीकाविरूद्धको तेस्रो टेस्ट म्याचमा अस्ट्रेलियाली ओपनर ब्याट्मेन क्यामरन बेनक्रफ्टमाथि बल टेम्परिङको आरोप लागेको थियो। उनले आफूमाथि लागेको उक्त आरोप स्वीकार गरेका छन्।

लगत्तै बेनक्रफ्टसँगै कप्तान स्मिथले आफूहरूबाट गल्ति भएको भन्दै माफी मागेका थिए।

यस प्रकरणमा अस्ट्रेलियाका कप्तान स्टेभन स्मिथले आफूलाई पहिले नै थाहा भएको बताएका थिए। साथै उनले माफी माग्दै अब देखि यस्तो नहुने बताएका छन्।

‘मैदानमा जे भयो, मलाई यसबारेमा पहिलेनै जानकारी थियो। हामीले यसबारेमा सोच्यो कि यसले हामीलाई फाइदा हुनेछ। मलाई यसप्रति बिल्कुल गर्व लागेको छैन।’ स्मिथले भने,‘कोच यस घटनामा सामेल छैनन्। र मेरो कप्तानीमा अबदेखि यस्तो कहिलै हुनेछैन।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.