पत्नीका कारण विवादमा फसेका शामीलाई बीसीसीआईले दियो कन्ट्याक्ट


भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) मोहम्मद शमीलाई वार्षिक करार सम्झौतामा फेरि राखेको छ।

बीसीसीआईले पछिल्लो पटक गरेको करार सम्झौता लिस्टमा विवादमा रहेका मोहम्मद शामीलाई राखेको थिएन। यस बीचमा शामी पत्नी हासीनले उनीमाथि गम्भीर आरोप लगाएकी थिइन्।

सन् २०१६-१७को कन्ट्याक्ट लिस्टमा शामी युवराज सिंह सँगै बी क्याटेगोरीमा सामेल थिए। अहिले पनि उनलाई बीसीसीआईले बि क्याटेगोरीकै कन्ट्याक्ट दिएको छ।

बीसीसीआईले जारी गरेको विज्ञप्ति अनुसार प्रशासकीय समितिले दिल्ली पुलिसका पूर्वकमिश्नर र बीसीसीआईका एन्टी-करप्शन समूहका प्रमुख नीरज कुमारले मोहम्मद शामीमाथि लागेको आरोपमाथि छानबिन गर्न माग गरेका थिए। उनीमाथि लागेको आरोप बीसीसीआईको आचार संहितासँग जोडिन्थ्यो।

नीरज कुमारले आफ्नो छानबिन प्रतिवेदन बीसीसीआईलाई दिँएपछि प्रशासकीय समितिले यो मुद्दामा बीसीसीआईले मोहम्मद शामीमाथि कुनै कारबाही गर्न नहुने निष्कर्ष निकालेको थियो।

पत्नीले शामीमाथि कस्तो आरोप लगाएको थिइन्

शमी पत्नी हसीनले मार्च दोस्रो साता उनीमाथि विवाहेत्तर सम्बन्ध राखेको र आफूमाथि घरेलू हिंसा गरेको आरोप लगाएकी थिइन्।

शामीको अन्यत्र कुनै युवतीसँग प्रेम सम्बन्ध भएका कारण आफूमाथि शारीरिक र मानिक शोषढ गरेको पत्नीले आरोप लगाएकी छन्। यता शामीले आफूमाथि लागेको आरोपको खण्डन गर्दै उक्त आरोप निराधार रहेको भन्दै आफ्नो बद्नाम गर्न यस्तो कुरा गरेको दाबी गरेका थिए।

यसबारे उनले ट्विट गर्दै भनेका थिए- ‘मेरे निजी जीवनबारे जुन कुरा बाहिर आएको छ। यो सरासर झुट हो।’

पत्नीले लगाएको आरोपले शामी समस्यामा पर्ने बीसीसीआईकोझ निगरानी समितिले बताएको थियो।

तर समितिका अध्यक्ष विनोद रायले शामीमाथिको आरोप व्यक्तिगत भएको भन्दै यसले पेशेवर अनुबन्धमा कुनै असर नगर्ने क्रिकेट वेबसाइट ईएसपीएन क्रिकइन्फ़ोलाई बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.