नेपाली टिम सोमबार साँझ स्वदेश पुग्ने


जिम्बाम्बे गएर एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेट टिम सोमबार साँझ स्वदेश फर्किने भएको छ। सन् २०२२ सम्मका लागि एकदिवशीय मान्यता पाएको नेपाली टोली सोमबार साँझ ६ बजे काठमाडौं आइपुग्ने नेपाली टोलीका म्यानेजर रमण सिवाकोटीले जानकारी दिएका छन्।

शनिबार नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएपछि नेपाल आठौं स्थानमा रहँदै जिम्बाम्बे यात्रा टुंग्यायो।

नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्मकै ठूलो सफलता हात पारेको नेपाली टिमको स्वागतमा विमानस्थलमा समर्थकको भीड लाग्ने अपेक्षा गरिएको छ ।

यसका साथै क्रिकेटसँग सम्बन्धीत ब्यक्तिहरु पनि विमानस्थल पुग्ने बुझिएको छ। जिम्बावेबाट इमिरेट्स विमानमा युएई हुँदै नेपाली टिम काठमाडौ ओर्लिने छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.