नेपाललाई पाँचौ सफलता, ललितले लिए विकेट


जिम्बाम्बेमा जारी आइसिसि विश्व कप छनोट प्रतियोगिता अन्तर्गत सातौं स्थानको लागि नेदरल्याण्डसँग भइरहेको खेलमा नेपालले पाँचौ सफलता हात पारेको छ।

पाँचौ विकेटका रूपमा ललित राजबंशीले भान डेर मर्वेलाई २५ रनमा आउट बनाएका छन्।

टस हारेर फिल्डिङ गरिरहेको नेपालका लागि सोमपाल कामीले ३ तथा सन्दिप लामिछानेले १ विकेट लिइसकेका छन्।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.