नेपाललाई पहिलो ओभरमै सफलता, सोमपालले लिए विकेट


जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट अन्तर्गत सातौं स्थानको प्लेअफमा नेपालले सुरूमै विकेट लिएको छ।

पहिलो ओभरको तेस्रो बलमा सोमपाल कामीले नेदरल्याण्ड्सका वारेसीलाई शून्यमा आउट गराए।

नेपालले टस हारेर पहिले फिल्डिङ गरिरहेको छ।

क्वेक्वेमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो। नेपाल र नेदरल्याण्ड्सबीच यसअघि ४ खेल भएको थियो। जसमा दुवैले २-२ खेल जितेका थिए।

यसअघि नेपालले पिएनजीलाई तथा नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्दै सातौं स्थानको प्लेअफका लागि स्थान बनाएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.