श्रीलंकालाई ३२ रनले हराउँदै अफगानिस्तान अाइसीसी अण्डर १९ क्रिकेट प्रतियाेगिताकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ। समूह ‘डी’ मा रहेका यी दुई टाेलीकाे खेलले क्वाटरफाइनल प्रवेशकाे नतिजा दिएकाे हाे।
अफगानिस्तानकाे लागि इब्राहिम जारदिन, अलि खिल तथा दार्वस रसुलीले अर्धसतक बनाएका थिए। उनीहरूले क्राश: ८६, ५५ र ६३ रन बनाएका थिए। अफगानिस्तानले ७ विकेटकाे क्षतिमा २८४ रन बनाएकाे थियाे। जवाफी ब्याटिङ गरेकेा श्रीलंकाले मात्र २०२ रन बनायाे।
डकवर्थ लुइसकाे नियमबाट २३५ रनमा लक्ष्य छाेट्याइएकाे खेलमा श्रीलंकाका लागि जेहान डानियलले सार्वाधिक ४८ रन बनाएका थिए। यसअघि अफगानिस्तानले पाकिस्तानलाई पनि हराएकाे थियाे।
समूह ‘डी’ मा अफगानिस्तान, पाकिस्तान, श्रीलंका र अायरल्याण्ड रहेका छन्। अफगानिस्तान समूहकाे शीर्ष स्थानमा रहेकाे छ।