भारतीय कप्तान विराट कोहलीलाई खेल भावना विपरित व्यवहार प्रदर्शन गरेको भन्दै आइसीसीले कारवाही गरेकाे छ।
भारत र दक्षिण अफ्रिकाबीच जारी दोस्रो टेस्टको तेस्रो दिन अन्तिम सत्रमा सोमबार पानी परेपछि पुनः खेल सुरु भएको थियो। सो क्रममा भारतका कप्तान कोहलीले अम्पायर माइकल गाउफलाई बल भिजेको भन्दै बारम्बर गुनासो गरेका थिए।
सो क्रममा आक्रमक रुपमा प्रस्तुत हुँदै बल भुईमा पछारेपछि खेल भावना विपरित व्यवहार गरेको भन्दै कोहलीलाई म्याच फि को २५ प्रतिशत तिर्नुपर्ने गरि कारवाही गरिएको अन्तर्राष्ट्रय क्रिकेट काउन्सील (आइसिसी)ले जनाएको छ।
यस्तो प्रकरणमा दोषी पाइए खेलको ५० प्रतिशत पारिश्रमिकसम्म जरिवाना गर्ने आइसीसीको प्रावधान रहेको छ।