सिक्स ए साइड इन्जिनियरिङ कप क्रिकेट हुँदै


क्रियटिभ्स युथ फर सोसियल ट्रान्समिसन र कसमस कलेज अफ म्यानेन्जमेन्टकाे आयोजनामा आउँदो आइतबादेखि सिक्स ए साइड इन्जिनियरिङ कप इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ।

चार दिन चल्ने प्रतियोगितामा विभिन्न १६ टोलीको सहभागिता हुने आयोजकले जनाएको छ। लिग कम नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगितामा हालमा सहभागि हुने ८ टोलीको टुंगो लागिसकेको र बाँकी टोलीको पनि छिटै टुंगो लाग्ने आयोजक गिर्वाण विक्रम खत्रीले जानकारी दिए।

काठमाडौंको कोटेश्वर स्थित अल्टिमेट इण्डोरमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने टोलीका लागि ३० हजार इन्ट्रि फि तोकिएको छ। सो शुल्कमा जर्सी, लञ्च बक्स, खेल सामाग्री तथा प्राथमिक उपचारको व्यवस्था आयोजकले गरेको जनाएको छ।

प्रतियोगिताको विजेतालाई १ लाख नगद पुरुस्कार दिइने भएको छ। त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले क्रिकेट किट तथा वेष्ट बलर र बेष्ट ब्याट्सम्यानले नगद ३५ सय हात पार्ने आयोजकले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.