इंगल्याण्ड विरुद्धको एसेस सिरिजमा अष्ट्रेलिया ४-० ले विजयी

फोटो: बिबिसी


इंगल्याण्डलाई पाँचौ तथा अन्तिम टेष्ट खेलमा १ इनिङ्स तथा १२३ रनले पराजित गर्दै घरेलु टोली अष्ट्रेलियाले एसेस सिरिज ४-० ले जितेको छ। तीन टेष्ट खेलमा जित हात पार्दै सिरिज आफ्नो पक्षमा पारिसकेको अष्ट्रेलियाले चौथो टेष्ट  भने बराबरी खेलेको थियो।

पहिलो इनिङ्समै ३०३ रनले पछि परेको इंङल्याण्डले  दोस्रो इनिङ्समा १८० रन मात्र बनाउन सकेपछि घरेलु टोलीले फराकिलो जित हात पारेको हो। उस्मान खवाजा, सन मार्स र मिचेल मार्सले शतक प्रहार गरेपछि अष्ट्रेलियाले पहिलो इनिङ्समै ६४९ रन बनाएको थियो।

अन्तिम दिन ३ विकेट लिएका प्याट कमिङ्सले कूल ४ विकेट लिए। यस्तै नाथल लियनले ३ विकेट लिए। पअिलो इनिङ्समा पनि ४ विकेट लिएका कमिङ्स म्यान अफ दी म्याच घोषित भए।

सिरिजमा ३ शतकसिहत कूल ६८७ रन बनाएका अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ प्लेअर अफ दि सिरिज घोषित भए। सिरिज ४-० ले जितेपछि अष्ट्रेलिया टेष्ट वरियतामा दुई स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लेको छ भने तेस्रो स्थानको इंगल्याण्ड पाँचौमा झरेको छ।

भारत १२४ अंकका साथ पहिलो तथा १११ अंक रहेको दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.