जसले २६ बलमा शतक बनाउँदै लिए १ ओभरमा ६ छक्काको बदला लिए


पाकिस्तानमा हालै भएको एक च्यारिटी खेलमा छक्का र चौकाको वर्षात भएको छ। पूर्वपाकिस्तानी क्रिकेटर शाहिद अफरीदी फाउण्डेशनले आयोजना गरेको च्यारिटी १०-१० ओभरको च्यारिटी म्याचमा छक्का र चौकाको वर्षा भएको हो।

प्रतियोगितामा पाकिस्तानी टीमका स्टार क्रिकेटर बाबर आज़म र शोएब मलिकले आफ्नो ब्याटको जादू देखाए।

यति मात्र कहाँ होर यी दुबै खेलाडीले एक अर्काविरूद्ध खेल्दै रनको वर्षासमेत गराए।

शोएब मलिक (SAF) रातो टिमबाट खेलेका थिए। स्कोरबोर्डमा टीमको स्कोर ६ ओभरमा १०४ रन थियो। त्यसपछि ब्याटिङ गर्न शोएब मलिक आए।  बलिङमा बाबर आजम थिए। उनले बाबरको ओभरका सबै बलमा छक्का प्रहार गर्दै एकै ओभरमा ३६ रन बनाए।

मलिकको रन वर्षाले उनको टिमले १० ओभरमा २०२ रन बनायो।

यद्यपी आइसिसिको आधिकारिक प्रतियोगितामा भारतका युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।

२०३ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको SAF निलोका लागि बाबर अजामले २६ रलमै १०० रन पुरा गरेका थिए।

ओपनिङमा ब्याटिङ गर्न आएका बाबरले २६ बलमा १०० रन बनाउने क्रममा ११ छक्का प्रहार गरेका थिए। योसँगै निलोले रातोलाई ९ विकेटले हराएको थियो।

हालै मात्र श्रीलंकाविरूद्ध भारतीय ओपनर रोहित शर्माले ३५ बलमा १०० रन पुरा गर्दै रेकर्ड बराबरी गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.