भारतले श्रीलंकालाई कटकमा भएको पहिलो टि- ट्वान्टी सिरिजमा ९३ रनको फराकिलो अन्तरमा हरायो।
टी-ट्वान्टी क्रिकेटको इतिहासमा भारतले कुनै विपक्षी टिमलाई हराएको यो सबैभन्दा ठूलो अन्तर हो।
तर यो मात्र भारतीय टिमका लागि एउटा रेकर्ड होइन। बुधबारको खेलपछि भारतले पाँच वटा नयाँ रेकर्ड आफ्नो नाममा लेखाएको छ।
बुधबारको खेलपछि भारतका रेकर्डहरू१ भारतको सबैभन्दा ठूलो अन्तरको जितटी-२० मा क्रिकेटमा १६० रनको लक्ष्य सामान्य हो। तर जीतको अन्तर ९३ रन हुनु सबैभन्दा उत्कृष्ट जित हुन्छ। यो नै भारतले अहिलेसम्म कुनै पनि विपक्षीलाई सबैभन्दा ठूलो अन्तरमा हराएको हो। यसअघि सान् २०१२ मा कोलम्बोमा भएको खेलमा इङ्ल्याण्डलाई ९० रनको अन्तरमा हराएको थियो।
यद्यपी टि- ट्वान्टी इतिहासमा सबैभन्दा फराकिलो रन अन्तरले हराउने विश्व रेकर्ड भने श्रीलंकाको नाममा दर्ता भएको छ। उसले सन् २००७ मा केन्यालाई १७२ रनले अन्तरले हराएको छ।
२. यजुन्द्र चहल २०१७ को सर्वाधिक विकेट लिने खेलाडीकटकमा भएको खेलमा श्रीलंकाका चार खेलाडीलाई आउट बनाएर टिमको जितमा महत्वपूर्ण हिस्सेदार बनेका 'म्यान अफ द म्याच' यजुवेन्द्र चहल वर्ष २०१७ मा सबैभन्दा बढी विकेट लिने खेलाडी बनेका छन्।
छोटो फर्मेटको अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले सबैभन्दा बढी विकेट लिएका हुन्। १० खेल खेलेका उनले ७.२८ इकोनोमी बलिङ गर्दै १९ विकेट लिएका छन्।
यो सूचीमा अफगानिस्तानका लेग स्पिनर राशिद खान र वेस्टइन्डिज़का तिब्र गतिका बलर विलियम्स संयुक्त रूपमा दोस्रो स्थानमा छन्। उनीहरूको नाममा १७ विकेट छ।
३. टी-ट्वान्टीमा सबैभन्दा बढी डिसमिसल धोनीको नाममामहेंद्र सिंह धोनीले टि-ट्वान्टी म्याचमा कुनै पनि विकेटकिपर वा फिल्डरमा सबैभन्दा बढी खेलाडीलाई आउट बनाएका छन्।
उनले यो रेकर्ड कटकमा भएको खेला श्रीलंकाका ४ खेलाडीलाई आउट बनाएसँगै पूरा गरेका हुन्। योसँगै धोनीको डिसमिसल्स (आउट) को संख्या अब ७४ पुगेको छ, जसमा ४७ क्याच र २७ स्टम्पिङ छन्।
यसअघि पार्ट टाइम विकेटकीपर एबी डिविलियर्सको नाममा रहेको ७२ डिसमिसललाई उनले तोडेका हुन्।
४. १५०० पुरा गर्ने दोस्रो भारतीय बने रोहितयो खेलमा भारतको कप्तानी निभाएका रोहित शर्माले उत्कृष्ट पारी खेल्न नपाए पनि १७ रन बनाउँदै अन्तर्राष्ट्रिय टी- ट्वान्टीमा १५०० रन पुरा गरेका छन्। उनी १५०० रन पुरा गर्ने दोस्रो भारतीय खेलाडीसमेत भएका छन्।यसअघि कप्तान कोहलीले टी-ट्वान्टीमा १९५६ रन बनाउँदै सबैभन्दा धेरै रन बनाउने भारतीय खेलाडी भएका छन्।
कोहली टि- ट्वान्टीमा विश्वकै सबैभन्दा बढी रन बनाउने ब्रेन्डन म्याक्युलमले बनाएको रेकर्डभन्दा मात्र १८४ रनले पछि छन्।
५. रैनालाई धोनीले उछिनेश्रीलंकासँगको यो प्रतियोगितासँगै पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीले टी- ट्वान्टी प्रतियोगितामा शुरे रैनाको रेकर्डलाई पन्छाएका छन्।
रैनाको नाममा रहेको १३०७ रनको रेकर्ड धोनीले १३२० रन बनाउँदै तोडेका हुन्। धोनी टी-ट्वान्टी रनमा भारतीय खेलाडीको सूचीमा वर्ष १०१७ मा सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो नम्बरमा पुगेका छन्।