नेपालकी प्रभा आङ्देम्बेले विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जितेकी छन्।
भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियममा प्रभाले टि– ४७ क्याटगोरीमा ३.९६ मिटर जम्प गर्दै रजत जितेको प्रशिक्षक विमला राना मगरले जनाएकी छन्।
यो स्पर्धामा श्रीलंकाले स्वर्ण जितेको छ।
लङजम्पसहित ३ स्पर्धामा सहभागिताका लागि प्रभाले नाम दर्ता गराएकोमा ४ सय मिटर दौडमा चौथो भइन्।