नेपाल सितोरियो कराते संघ कर्णाली प्रदेशको अध्यक्षमा हरि विष्ट चयन भएका छन्।
सितोरियो कराते संघको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट प्रदेश अध्यक्षमा विष्ट सर्वसम्मत चयन भएका हुन्।
सोमबार वीरेन्द्रनगर सुर्खेतमा सितोरियो कराते संघको प्रथम कर्णाली प्रदेश अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट उपाध्यक्षमा हेमन्तकुमार मल्ल, रामप्रसाद पाण्डे, गोविन्दबहादुर घर्ती मगर, चित्रबहादुर राना, सचिवमा रमेशकुमार थापा, सहसचिवमा सीता भण्डारी र नन्दलाल खत्री, कोषाध्यक्षमा हिमाली भण्डारी र सदस्यहरूमा प्रेम पाण्डे, ज्ञानेन्द्र भण्डारी, सन्तोष महतरा, लेखतबहादुर शाही, प्रेयाङ्का शाही र अजय गुरुङ चयन भएका छन्।
यस्तै मनोनीत सदस्यमा भुवन ज्ञावली, प्रकाश पन्त, कृति गुभाजु शाक्य, केसर रोकाय चयन भएका छन्।