सन् २०२२ को फेब्रुअरीमा केल ब्रुकसँगको भिडन्तपछि गरिएको एन्टी डोपिङ परीक्षणमा प्रतिबन्धित पदार्थको सेवन गरेको देखिएपछि बेलायती बक्सर आमिर खानलाई दुई वर्षको प्रतिबन्ध लगाइएको छ।
पूर्व लाइट-वेल्टरवेट विश्व च्याम्पियन खानको परीक्षणपछि ओस्टारिनको लागि सकारात्मक नतिजा देखिएको थियो।
गत मेमा बक्सिङबाट संन्यास लिएका खानले एन्टी डोपिङ नियम तोडेको स्वीकार गरेका छन्। तर उनले जानाजानी गल्ती नभएको बताए।
एक छानविन स्वतन्त्र निकायले उनको तर्कलाई स्वीकार गरेको छ। ३६ वर्षीय खानले 'जानीजानी वा लापरवाह आचरण' नदेखाएको भनिएको छ।
'मैले कहिल्यै धोका दिएको छैन,' खानले स्काई स्पोर्ट्स न्यूजसँगको कुराकानीमा भनेका छन्, 'तर म अहिले दुई वर्षको प्रतिबन्धमा छु, जुन धेरै अनौठो र हास्यास्पद छ किनभने मैले पहिले नै संन्यास लिइसकेको छु।'
उनले आफ्नो खेलमा पुनरागमनको योजना नभएको बताएका छन्।