नोभाक जोकोभिच विम्बल्डन टेनिसको च्याम्पियन बनेका छन्। शीर्ष वरीयताका सर्वियन जोकोभिचले अष्ट्रियन निक किर्गियोसलाई ३–१ को सेटमा हराउँदै सातौं पटक विम्बल्डन च्याम्पियन भएका हुन्।
सेन्टर कोर्टमा आइतबार राति भएको फाइनलमा सुरूवाती सेट ४–६ ले गुमाए पनि जोकोभिचले त्यसपछिका तीनै सेट आफ्नो पक्षमा पारेका थिए।
दोस्रो सेट ६–३ ले जितेका उनले तेस्रो सेट ६–४ ले जिते। चौथो सेटमा ७–७ (७–३) को संघर्षपूर्ण जित निकाल्दै उपाधि रक्षा गरे।
यो सँगै जोकोभिच विम्वल्डनमा लगातार चौथो सिजन च्याम्पियन बनेका छन्।यसअघि जोकोभिचले सन् २०१८, सन् २०१९ र सन् २०२१ मा च्याम्पियन बनेको थियो। सन् २०२० मा भने कोभिडका कारण विम्बल्डन भएको थिएन।
त्यसअघि जोकोभिचले सन् २०११, सन् २०१४ र सन् २०१५ मा च्याम्पियन बनेका थिए।
यो सँगै समग्रमा २१औं ग्रान्डस्लाम च्याम्पियन बनेका जोकोभिचले स्वीस रोजर फेडेररलाई पछि पारेका छन्। फेडेररले २० पटक ग्रान्डस्लाम जितेका छन्।
उनीभन्दा अघि दोस्रो वरीयताका स्पेनिस राफायल नाडाल छन् । नाडालले सर्वाधिक २२ ग्रान्डस्लाम उपाधि जितेका छन्।