कजाखस्तानकी एलिना रिबाकिनाले विम्बल्डन टेनिसको महिला एकलतर्फको उपाधि जितेकी छिन्।
पहिलो पटक ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने क्रममा २३ वर्षीय रिबाकिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई पराजित गरिन्।
उनले पहिलो सेट ३-६ ले गुमाएकी थिइन्। त्यसपछि ६-२ र ६-२ ले बाँकी दुई सेट जित्दै नयाँ विम्बल्डन च्याम्पियन बन्न सफल भइन्।
रुसको मस्कोमा जन्मिएकी रिबाकिनाले सन् २०१८ देखि कजाखस्तानबाट खेल्न थालेकी थिइन्।
यसपटको प्रतियोगितामा आयोजकले रसिया र बेलारुसका खेलाडी भाग लिन दिएको छैन। युक्रेनमा आक्रमण गरेको भन्दै आयोजकले रसियन खेलाडीलाई प्रतियोगिताबाट बन्चित गराएको हो।
पुरूष एकलको फाइनलमा आज अस्ट्रेलियाका निक किर्गियोस र सर्वियाका नोभाक जोकोभिचबीच प्रतिस्पर्धा हुँदैछ।