चोटका कारण नाडालले सेमिफाइनल नखेलेपछि निक किर्गियोस विम्बल्डन टेनिसको पुरुष एकलको फाइनलमा प्रवेश गरेका छन्।
पेटमा चोट बोकेका नाडालले निक किर्गियोसविरूद्धको सेमिफाइनल खेलअघि बिहीबार प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए।
३६ वर्षीय नाडालले क्वार्टरफाइनलमा चोटका बावजुद जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेका थिए।
किर्गियोसले अब उपाधिका लागि नोभाक जोकोभिच वा क्यामरोन नोरीमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछन्। फाइनल आगामी आइतबार हुनेछ।
यता महिलातर्फको फाइनलमा एलेना रिबाकिना र ओन्स जेब्युरबीच शनिबार हुँदैछ।
ट्युनिसियाकी जेब्युर पहिलो पटक ग्रान्डस्लामको फाइनलमा पुगेका हुन्। उनी ग्रान्डस्लामको फाइनल पुग्ने पहिलो अफ्रिकी खेलाडी समेत भइन्।
काजकिस्तानकी १७ वर्षीया रिबनाकिना पनि पहिलो पटक फाइनलमा पुगेकी हन्।