स्पेनिस टेनिस स्टार राफायल नाडालले सिजनको फ्रेन्च ओपनको उपाधि जितेका छन्।
आइतबार भएको पुरूष एकलको फाइनलमा नर्वेका कास्पर रूडलाई ३-० को सोझो सेटमा पराजित गर्दै नाडालले १४औं फ्रेन्च ओपनको उपाधि जितेका हुन्।
उनले ६-३, ६-३ र ६-० ले खेल जिते।
यो उपाधिसँगै नाडालले ग्रान्डस्लाम उपाधि संख्या २२ पुर्याएका छन्। यो पुरूष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम उपाधिको कीर्तिमान हो।
नाडालले उनका चिरपरिचित प्रतिद्वन्द्वी रोजर फेडेरर र नोभाक जोकोभिक भन्दा २ वटा बढी ग्रान्डस्लामको उपाधि जितेका छन्।
अघिल्लो वर्षको सेमिफाइनलमा जोकोभिकसँग पराजित भएका नाडालले क्ले कोर्टमा ११५ खेल खेल्दा ११२ खेलमा जित निकालेका छन्।