अर्जेन्टिनाका पूर्वअन्तर्राष्ट्रिय रग्बी खेलाडी फेडेरिको मार्टिन अराम्बुरूको गोली हानी हत्या भएको छ।
४२ वर्षिय अराम्बुरूको शनिबार बिहान फ्रान्समा गोली हानी हत्या भएको हो।
अर्जेन्टिनाका लागि २२ खेल खेलेका उनले सन् २००७ को रग्बी विश्वकपमा अर्जेन्टिनालाई तेस्रो स्थानमा दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
फ्रान्स विरूद्ध भएको तेस्रो स्थानको खेलमा उनले जादुमयी प्रदर्शन गरेका थिए।
फ्रान्सेली अखबारका अनुसार उनको बिहान बारमा केही मानिसहरूसँग झगडा परेको थियो। पछि उनीहरू कारमा फर्किएर उनीमाथि गोली हानेका थिए।
पेरिस प्रहरीले हत्याबारे अनुसन्धान सुरू गरेको छ। यसैबीच शंकास्पद तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।