चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरू भएको छ। शुक्रबार बेइजिङमा भब्य कार्यक्रमबीच उद्घाटन समारोह भएको छ।
कार्यक्रममा खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलनलगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको थियो।
२४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलगायत अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्ति समारोहमा सरीक भएका थिए।
समारोहमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित २१ भन्दा बढी मुलुकका नेता पनि उपस्थित भएका थिए। मधुर बत्तीहरूको प्रकाशसँगै २४ सेकेण्ड गन्ती गरी भव्य सजावटसहितको उद्धघाटन समारोह सुरू गरिएको थियो।
चिनियाँ जनताले समयको बुझाइलाई झल्काउँदै यो समारोहको अन्तिम सेकेण्डको गणना गर्न प्रयोग गरिएको हो। सन् २०२२ को शीतकालीन ओलम्पिकको उद्घाटन र चिनियाँ पर्व ‘स्प्रिङ फेस्टिवलको सुरुवात’ संयोगवस एकै दिन परेको छ । वर्षको २४ सौर्यकाल मध्ये पहिलो अवधिलाई स्प्रिङ पर्वका रूपमा एक महिनासम्म मनाउने चिनियाँ चलन छ।
चीनको राजधानी बेइजिङको बर्ड्स नेस्ट स्टेडियममा पाँचदेखि ७० वर्षभन्दा बढी उमेर समूहका नृतङ्गनाहरूले प्रदर्शन गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरू