तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म १४ स्वर्ण जितेको छ। नेपालले कराँतेको काताबाट ३ स्वर्ण जितेको छ। कराँते कातामा व्यक्तिगत तर्फ मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते भने। पहिला र पुरुष समूह काताबाट पनि नेपालले स्वर्ण जितेको छ।
त्यस्तै कराँते फाइट तर्फ पनि नेपालले ४ स्वर्ण जितेको छ। कराँते फाइट ५५ केजी तौल समूह पुरुषमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन्। त्यस्तै ८४ किलो भन्दा माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण हात पारे।
महिला तर्फ ५५ केजी तौल समूहमा अनु अधिकारीले स्वर्ण जितिन्। त्यस्तै अर्को स्वर्ण ४५ केजी तौल समुहमा कुसुम खड्काले हात पारिन्।
त्यस्तै तेक्वान्दो पुम्से विधाबाट नेपालले ६ स्वर्ण जितेको छ।
तेक्वान्दोबाट कमल अधिकारी र सिना मादेन लिम्बु र पार्वती गुरुङले स्वर्ण जितेका छन्। त्यस्तै व्यक्तिगत तर्फ आयशा शाक्यले तेक्वान्दो पुम्से (कला प्रदर्शनी)बाट स्वर्ण हात पारेकी छिन्। आयशाले पुम्सेकै २९ वर्षमाथिकै जोडीमा सञ्जिव कुमार ओझासँग मिलेर अर्को स्वर्ण जितेकी हुन्। पुम्सको अण्डर-२३ प्रतिष्पर्धामा नेपाललाई छैटौं स्वर्ण जिताउने क्रममा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना पहिलो भएका हुन्।
त्यस्तै ट्रायथलनको महिला तर्फपनि नेपालले स्वर्ण जितेको छ। पोखरामा भएको खेलमा सोनी गुरुङले स्वर्ण हात पारेकी हुन् ।
हेर्नुहोस् विजेता खेलाडीहरुको फोटो फिचर-
कराँते काता प्रदर्शन गर्दै मण्डेकाजी ।
पुरुष काता व्यक्तिगत तर्फ स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ ।
स्वर्ण पदक जितेपछि मण्डेकाजी ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपाली टिमले स्वर्ण दिलाएका छन्। नेपाली टिममा निर्मला तामाङ, संगिता मगर र सरु कार्की थिए।
१३औं सागअन्तर्गत तेक्वान्दोको पुम्से विधाको २४-२९ वर्ष विधामा नेपालका कमल श्रेष्ठले स्वर्ण जितेका छन्।.jpg)
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दो पुम्सेअन्तर्गत महिला १७-२३ वर्ष विधामा नेपालकी सिना मादेन लिम्बूले स्वर्ण जितेकी छिन्। सिनाले भारतकी रुपा बायोरलाई पराजित गरेकी हुन् ।
पुरुष टिम कातामा स्वर्ण विजेता नेपाली टिम । पुरुष टिम कातामा मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण कार्की थिए। सोमबार भएको प्रतिस्पर्धामा नेपालले २५.५४ अंक जोड्दै स्वर्ण हात पार्यो। दोस्रो भएर रजत जितेको श्रीलंकाले २५.२८ अंक जोड्यो। .jpg)
नेपालका कमल श्रेष्ठले स्वर्ण जित्ने क्रममा सोमबार भएको प्रतिस्पर्धामा ८.२७ अंक ल्याए । उनले भारतका राहुल जैनलाई पछि पारे। जैनले ८.२० अंक प्राप्त गरे।
तेक्वान्दो कौशल प्रदर्शन गर्दै कमल अधिकारी ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको काता विधामा नेपालले ४ मध्ये ३ स्वर्ण जितेको छ। पुरुष टिम कातामा स्वर्ण जितेसँगै नेपालले कातामा ३ स्वर्ण जितेको हो।.jpg)
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दो पुम्सेअन्तर्गत महिला १७-२३ वर्ष विधामा नेपालकी सिना मादेन लिम्बूले स्वर्ण जितेकी छिन्। सिनाले भारतकी रुपा बायोरलाई पराजित गर्दै तेक्वान्दोबाट नेपाललाई दोस्रो स्वर्ण दिलाएकी हुन्।
महिला टिम काताबाट पनि नेपालले स्वर्ण जितेको छ। महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्की थिए।
दक्षिण एसियाली खेलकुद(साग)मा पहिलोपटक समावेश गरिएको ट्रायथलनमा नेपालले स्वर्ण जितेको छ। पोखरामा भएको महिला तर्फको खेलमा सोनी गुरुङले स्वर्ण जितेकी हुन् । फोटो : सुदर्शन रञ्जित/पोखरा
दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत कराँते फाइटको पुरुष ५५ केजी तौल समूहमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन्। उनले बंगलादेशका मोहम्मद मुस्ताफालाई पराजित गरेका हुन्।
कराँते ५५ केजी तौल समूहका स्वर्ण विजेता लक्ष्मण तामाङ ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले तेक्वान्दोबाट तेस्रो स्वर्ण जितेको छ। पुम्सेको २४-२९ वर्ष विधामा पार्वती गुरुङले ८.२५० अंक ल्याएर स्वर्ण पदक हात पारेकी हुन्। उनले श्रीलंकाकी खेलाडीलाई पछि पारिन्। श्रीलंकाकी रत्पातिपुराले ८.१४० अंक ल्याएर दोस्रो भइन्।
तेक्वान्दोको पुम्से अन्तर्गत २४-२९ वर्ष विधामा पार्वती गुरुङले ८.२५० अंक ल्याएर स्वर्ण पदक हात पारेकी हुन्।
आयशा शाक्यले तेक्वान्दोको पुम्से (कला प्रदर्शनी) २९ वर्ष माथिको विधामा स्वर्ण जितेकी छिन्। आयशाले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन्।
कराँते पुम्सेमा कला प्रदर्शनी गर्दै आयशा शाक्य ।
आयशाले साग इतिहासमा तेक्वान्दोको दुई फरक विधामा स्वर्ण जितेर इतिहास समेत बताएकी छिन्।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत कराँते फाइटमा नेपालले दोश्रो स्वर्ण जितेको छ। नेपालका विप्लवलाल श्रेष्ठले ८४ केजी माथि तौल समूहमा स्वर्ण जितेका हुन्। उनले पाकिस्तानी खेलाडी मोहम्मदलाई ६ - ५ ले पराजित गरे।
पाकिस्तानी खेलाडीसँग फाइट गर्दै विप्लवलाल श्रेष्ठ ।
कराँते फाइटमा अनु अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी छिन्।

१३औं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो दिन तेक्वान्दोकी आयशाले दोस्रो स्वर्ण जितेकी छिन्। पुम्सेको महिला व्यक्तिगत २९ वर्ष माथिको विधामा पहिलो स्वर्ण जितेकी आयशाले पुम्सेकै २९ वर्षमाथिकै जोडीमा सञ्जिव कुमार ओझासँग मिलेर अर्को स्वर्ण जितेकी हुन्।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत कराँते फाइटमा फाइटमा कुसुम खड्काले नेपाललाई स्वर्ण दिलाएकी छन्। उनले फाइनलमा बंगलादेशकी मुन्दिरा बोर्नालाई ३-२ पराजित गरेकी हुन् ।

नेपालले तेक्वान्दोको पुम्से विधाको महिला १७-२३ वर्ष उमेश समूहमा स्वर्ण जितेको छ। पुम्से विधामा नेपाललाई छैटौं स्वर्ण जिताउने क्रममा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना पहिलो भएका हुन्।