नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङको महिला क्रसकन्ट्रीमा बागमतीकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छिन्।
बागमतीकी मगर १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता हुन्। १५ किलोमिटर दुरीको सो स्पर्धा मगरले एक घण्टा ९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी थिइन्। नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी उशा खनालले १ घण्टा १२ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जितिन्। त्यस्तै सशस्त्र प्रहरी बल (एपिएफ) की हुमी बुढामगरले १ घण्टा २० मिनेट ०४ सेकेन्डको समयका साथ साथ कांस्य पदक जिते।
त्यस्तै आइतवार नै भएको पुरुषतर्फ १९ किलोमिटरको दुरीको क्रसकन्ट्रीमा एपिएफका सुरज राना मगरले स्वर्ण पदक जिते।
उनले १ घण्टा ९ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। आर्मीका हिमाल टमाटाले रजत पदक जित्ने क्रममा १ घण्टा ११ मिनेट ४३ सेकेन्डको समय लिए। त्यस्तै एपिएफका लक्ष्मण मल्लले १ घण्टा १३ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै कास्य पदक जिते।