पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, लाइफ टाइम एचिभ्मेन्ट अवार्ड रानाभाटलाई


नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा हुने दोस्रो  पोखरा स्पोर्टस् अर्वाडमा पूर्व खेलाडी खड्ग रानाभाट लाइफ टाइम एचिभ्मेन्ट अर्वाडबाट सम्मानित हुने भएका छन्। अर्वाडका लागि गठित छनोट समितिले रानाभाटलाई सम्मानित गर्ने निर्णय गरेको हो।
वैठकले विभिन्न विद्यामा मनोनयनमा पर्ने खेलाडीहरुको नाम समेत सार्वजनिक गरेको छ।
वर्ष उत्कृष्ट महिला खेलाडी
  • सुस्मी श्रेष्ठ (फुल कन्ट्याक्ट कराते),
  • टीका माया गुरुङ्ग (भारोत्तोलन) र
  • अरुणा शाही (भलिवल)
वर्ष उत्कृष्ट पुरुष खेलाडी
  • करण केसी (क्रिकेट),
  • कुमार अधिकारी (लन टेनिस) र
  • विशाल बस्नेत (ह्याण्डवल)
उदियमान खेलाडी
  • ममता डगौरा (भलिवल),
  • दर्शना वुढा मगर र
  • सागर नेपाली (एथलेटिक्स)
प्रशिक्षक
  • सुन वहादुर लामा (तेक्वान्दो),
  • वखतमान श्रेष्ठ (भारोत्तोलन) र
  • इन्द्रा मल्ल (एथलेटिक्स)
मनोनयनमा परेका तीन जना मध्ये प्रत्येक विद्याबाट एक/एक जनाले अर्वाड प्राप्त गर्ने छन्। उनीहरुलाई अर्वाडसहित नगद पुरस्कारबाट सम्मानित गरिने मञ्चले जनाएको छ।
यसै गरि मञ्चले यस वर्षबाट एउटा अर्वाड थप गरेको छ। यस वर्ष वाट उत्कृष्ट संघलाई समेत सम्मान गरिने भएको छ। जस अन्तर्गत  कास्की जिल्ला लन टेनिस संघलाई उत्कृष्ट संघको रुपमा सम्मानित गरिने छ।
उत्कृष्ट संघलाई नगद १० हजारसहित सम्मान गरिने भएको छ।
लाइफ टाइम एचिभ्मेन्ट अर्वाडबाट सम्मानित हुन लागेका ६९ वर्षिय रानाभाटले १४ वर्षको उमेर २०२० सालबाट आफ्नो खेल जीवन सुरु गरेका थिए।
एथलेटिक्स, भलिवल र फुटबलका राष्ट्रिय खेलाडीसमेत रहेका उनी सन १९७० मा थाइल्ण्डयाको वैंककमा सम्पन्न छैटौं एशियाली खेलमा नेपालको तर्फबाट सहभागी हुँदै ३ हजार मिटरको स्टिपल चेजमा आठौं स्थान हासिल गरेका थिए।
२०४१ सालमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रशिक्षक रहेका रानाभाट २०६८ मा परिषदको सदस्य समेत रहेका थिए। भुतपूर्व खेलाडी मञ्च नेपालको संस्थापक तथा निवर्तमान अध्यक्ष र हाल नौलो घुम्ती नेपालको अध्यक्ष समेत रहेका रानाभाट विभिन्न खेलकुद लगाएत सामाजिक संघ संस्थामा समेत क्रियाशिल छन्।
छनोट समितिको बैठक मञ्चका सल्लाहाकार एवम प्रतिभा छनोट समितिका संयोजक दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको थियो। छनोट समितिमा ८ जना सदस्य थिए। पोखरा स्पोर्टस् अर्वाड साउन २१ गते २ बजे पोखरा सभागृहमा हुने भएको छ।
गत वर्ष  सम्पन्न पहिलो स्पोर्टस् अवार्डमा लाईफ टाईम एचिभमेन्ट अवार्ड फुटबल प्रशिक्षक कृष्ण थापालाई प्रदान गरिएको थियो।
उत्कृष्ट पुरुष खेलाडी हेमन गुरुङ, महिला खेलाडी मञ्जु गुरुङ, उत्कृष्ट प्रशिक्षकमा कराँतेका सुरेन्द्र गुरुङ, उदयीमान खेलाडी अवार्ड एथ्लेटिक्सकी शशी चौधरीले हात पारेका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.