युइएफए च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको ‘ड्र’ सार्वजनिक भएको छ। जसअनुसार अन्तिम १६ मा स्पेनिस क्लबहरू रियल मड्रिडले पेरिस सेन्ट जर्मेन तथा बार्सिलोनाले चेल्सीसँग सामना गनुपर्ने भएको छ।
यस्तै, म्यानचेस्टर सिटीले स्वीजरल्याण्डको बसेल, म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब सेभिया र लिभरपुलले पोर्चुगलको पोर्टोलाई प्रतिद्वन्द्वी पाएको छ। जर्मन क्लब वायर्न म्युनिखले टर्कीको बेसिक्टास तथा इटालियन क्लब रोमाले युक्रेनको साख्तर डोनेक्सको सामना गर्नेछ।
नकआउट चरणमा नै इटालियन क्लब युभेन्टसले टोटनह्याम हट्सपरलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ। च्याम्पियन्स लिगमा यसपटक पाँचवटा इंग्लिस क्लबहरू अन्तिम १६ मा पुगेका छन्।
होम एण्ड अवेको आधारमा खेलाइने अन्तिम १६ का खेलहरूको पहिलो लेग फेब्रुअरीमा हुनेछ भने दोस्रो लेगका खेलहरू मार्चमा हुनेछ।