गोरखाको सिरानचोक गाउँपालिका-१ डाँडागाउँमा बनेको स्वर्गीय खड्गसिंह गुरुङ पदमार्गको उद्घाटन गरिएको छ।
यो पदमार्ग बेलायतमा बसोबास गर्ने खड्गसिंह गुरूङका सन्तान तथा परिवारले निर्माण गरी गाउँलेलाई हस्तान्तरण गरेका हुन्।
पदमार्ग निर्माण सम्पन्न भएसँगै गाउँमै एक कार्यक्रमको आयोजना गर्दै पदमार्ग निर्माण गरेका खड्गसिंह गुरुङका सन्तानहरुले गाउँवासीलाई बाटो हस्तान्तरण गरेका हुन्।
पदमार्ग अन्तर्गत सिरान्चोकको डाँडागाउँ- केराबारी क्षेत्र जोड्ने गरी ५२६ मिटर लामो पक्की बाटो निर्माण गरिएको छ। पदमार्गको सुरु र अन्त्यमा गेट तथा चौतारी पनि बनाइएको छ।
यो ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको गुरुङ गाउँमा सरकारी तहबाट हुनुपर्ने बाटो निर्माणको कामलाई एउटा परिवारको पहलमा सम्पन्न हुँदा स्थानीयबासीले खुशी व्यक्त गरेका छन्।
कार्यक्रममा परिवारका तर्फबाट प्रमुख अतिथि स्वर्गीय खड्का सिंह गुरुङका जेठा छोरा मिन बहादुर गुरुङले रिबन काटेर बाटोको उद्घाटन गर्दै गाउँलाई हस्तान्तरण गरेका हुन्।
आफ्ना पितृहरूको नाममा आफ्नो जन्म थलोमा मौलिक पदमार्ग निर्माण गर्न पाउँदा निकै नै खुशी लागेको भन्दै यो बाटोलाई समाज र गाउँको लागि समर्पित गरेको स्वर्गीय खड्गसिंह गुरुङका छोरा ध्रुव गुरुङले बताए।
उद्घाटनपछि पञ्चेबाजासहित गाउँलेहरू सिरानदेखि पुछारसम्म गीत गाउँदै, नाच्दै हिँडेका थिए। गाउँलेहरुले यो पदमार्गलाई पुस्तौंपुस्तसम्म माया गरी संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
स्थानीयहरूले यो कामलाई गौरवको विषय मानेका छन्। विदेशमा बसेका छोरी-चेली, नातिनातिना तथा परिवारका सदस्यहरूको सहयोगबाट बनेको यो पदमार्गले गाउँमा सहज हिँडडुल र पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यो एउटा नमुना पदमार्ग बन्ने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
-1772528330.jpg)
-1772528332.jpg)
-1772528332.jpg)
-1772528331.jpg)
-1772528331.jpg)
-1772528331.jpg)
-1772528332.jpg)
-1772528331.jpg)
-1772528330.jpg)