प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार गोरखा पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईंको कोठाबाट राइफल बरामद गरेको प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक बिष्णुप्रसाद भट्टले जानकारी दिए।
प्रहरीले कोठाबाट एसएलआरको गोली ४ वटा, प्लाष्टिक राउण्ड २ वटा, सर्ट गनमा लाग्ने राउण्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा पनि नियन्त्रणमा लिएको छ।
उनलाई आवश्यक कारबाहीको लागि प्रहरीलाई बुझाइएको छ।
उक्त राइफल तथा हतियारमा लाग्ने गोली गत भदौ २३/२४ को आन्दोलनमा लुटिएको आशंका गरिएको छ।