रसुवाको लाङटाङ ट्रेकिङ गएका चार जना युवा बेपत्ता भएका छन्।
शनिबार गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित बेरिङ खोलाले चार जनालाई बगाएर बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेम शाहीले जानकारी दिए।
उनीहरू बेपत्ता भएको ठाउँ लाङटाङ जाने बाटो हो। एक्कासि आएको बाढीले चार जनालाई बगाएको प्रहरीले जनाएको छ।
१६ जनाको टोली ट्रेकिङ गएकोमा चार जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा मध्यपुर थिमि नगरपालिकाकी संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका-१० बस्ने रवि श्रेष्ठ छन्। अरू सकुशल रहेको डिएसपी शाहीले बताए।