अविरल वर्षातपछि पृथ्वी, बिपी, अरनिकोसहित प्रमुख राजमार्ग अवरूद्ध छन्।
नेपाल प्रहरीका अनुसार नागढुंगा हुँदै धादिङ र गोदाम, टखेल हुँदै जाने सडक बन्द गरिएको छ। हाललाई दुवै तर्फका सवारी साधन होल्ड गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।
चित्लाङबाट मकवानपुरतर्फ जाने सडक पनि बन्द गरिएको छ।
धुलिखेलबाट दक्षिण हुँदै पूर्वतर्फ जाने बिपी राजमार्ग पनि बन्द छ। ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मंगलटारमा सवारी साधन रोकेको छ। बिपी राजमार्गकै माम्ती खोला खण्ड पूर्णरूपमा अवरूद्ध छ। भोटकोशी गाउँपालिका–४ मा अरनिको राजमार्ग अवरूद्ध छ।
काभ्रेपलाञ्चोक धुलिखेल–८ पुकुचारमा अरनिको राजमार्ग एकतर्फी छ।
गोसाइँकुण्ड गाउँपालिका–२ मा पासाङल्हामु सडक खण्ड अवरूद्ध छ। गोसाइँकुण्ड–२ मै नेपाल–चीन जोड्ने पुल बाढीले बगाउँदा सवारी सञ्चालन अवरूद्ध छ। मकालु गाउँपालिका–३, भोटखोला गाउँपालिका–४ मा कोशी राजमार्ग अवरूद्ध छ।
