हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशैभरि आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने पूर्वानुमान छ।
दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसविद बिनु महर्जनले जानकारी दिएकी छन्। बाँकी भूभागको मौसम सफा रहने पूर्वानुमान रहेको उनले बताइन्।
सोमबार राति पनि दैशभरि आंशिक बदलीदेखि मुख्यतया सफा रहन पूर्वानुमान छ।
काठमाडौं उपत्यकामा पनि सोमबार मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने मौसविद महर्जनले जानकारी दिइन्।
आइतबारसम्म रहेको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको पनि उनले बताइन्।
'आइतबारसम्म पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव थियो। आजदेखि त्यो प्रणाली नेपालबाट हटेको छ।अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ। वर्षा गराउने प्रणालीहरू विकसित भएका छैनन्,' उनले भनिन्।