काठमाडौं महानगरपालिकाले दरबारमार्गका फुटपाथमा बिछ्याएको ग्रानेटले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ।
पैदलमार्ग स्तरोन्नति क्रममा दरबारमार्गलाई नयाँ रूप दिन ग्रानेट बिछ्याउन थालेको महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य बताउँछन्। १६ एमएमको उच्च गुणस्तरयुक्त भएकाले चिप्लिने जोखिम नहुने उनको दाबी छ।
महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीले पनि राम्रो ग्रिप भएको ग्रानेट प्रयोग गरिएकाले चिप्लिने जोखिम नरहेको बताए।
महानगरले नारायणहिति संग्रहालय अगाडिको महानगर प्रहरी वृत्तदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको फुटपाथमा ग्रानेट बिछ्याउने काम गरिरहेको छ। यहाँ पैदल मार्गको चौडाइ कम्तिमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ।
फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा भने ग्रानेटले पैदलमार्ग चिप्लो हुँदा हिँड्नेहरूलाई असुविधा हुने भन्दै टिप्पणी भइरहेको छ।
खासगरी बर्खा याम सुरू भएपछि यस्तो ग्रानेटमा हिँड्न धेरै गाह्रो हुने भन्दै आलोचना गरिएको छ। कतिपयले ढुंगा वा इँटाको सट्टा ग्रानेट बिछ्याउँदा सहरको मौलिक शैली हराएको पनि बताएका छन्।
ग्रानेट हाल्दा जमिनले पानी सोस्न नपाउने भन्दै आलोचना पनि गरिएको छ।
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने ग्रानेट बिछ्याएर दरबारमार्गलाई थप आकर्षित बनाएको भन्दै महानगरको प्रशंसा गरेका छन्।
सबै तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
-1739347377.jpg)
-1739347376.jpg)
-1739347377.jpg)
-1739347376.jpg)
-1739347376.jpg)
-1739347374.jpg)
-1739347375.jpg)
-1739347376.jpg)
-1739347375.jpg)
-1739347374.jpg)
-1739347374.jpg)
-1739347373.jpg)
-1739347374.jpg)
-1739347373.jpg)
-1739347373.jpg)
-1739347371.jpg)
-1739347372.jpg)
-1739347372.jpg)
-1739347371.jpg)