न्यूरोडमा अहिले फराकिला फुटपाथ छन्।
फुटपाथ फराकिला भएसँगै दसैँमा किनमेल गर्न जाने पैदलयात्रीहरूले सहजताका साथ आवतजावत गर्न पाएका छन्।
न्यूरोड क्षेत्रमा सडक किनारमा पार्किङ गर्न पनि बन्देज लगाइएको छ। यसले पैदलयात्रीहरूलाई अझै सहज भएको छ।
सडक विभागसँग समन्वय नगरी काठमाडौं महानगरपालिकाले फुटपाथ फराकिलो बनाउन सुरू गर्दा केही समय काम रोकिएका थिए।
पछि उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै महानगरले फुटपाथ विस्तार गर्न बाटो खुलेको थियो।
काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो। तर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गर्नुका साथै पछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो।
यसरी सडक डिभिजन कार्यालय, वडा र स्थानीयहरुसँगको पटक पटकको विवाद पश्चात अहिले भने सो क्षेत्रको फुटपाथ फराकिलो बनेको छ।
तस्बिरहरूः