रुपन्देहीको तिनाउ नदीमा शुक्रबार बिहान बाढी आएको छ ।
बाढी पूर्वानुमान महाशाखाले तिनाउ नदी बुटवलमा जलसतहले सामान्य सतर्कता तह पार गरेको जनाएको छ।
तिनाउ नदीमा जलसतह पार भएकाले सतर्कता अपनाउन तल्लो तटीय क्षेत्रका नागरिकलाई बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ।
बिहीबार रातिदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो आएको छ।