होलीको दिनमा नियम मिच्ने र लापरबाही रूपमा सवारी चलाउने २२ वटा सरकारीसहित ७०९ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
कारबाहीमा पर्नेमा मापसे गरेर चलाइएका ६७ र लापरबाही गरी चलाइएका ३४ सवारी साधन रहेका छन्।
त्यस्तै, कागजपत्र नलिइकन चलाइएका ३०८ हेलमेट नलगाइकन चलाइएका २६, तीन जना राखेर चलाइएका ७१ र अन्य ३० सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ।
यीमध्ये १ सय ५३ लाई तत्काल कारबाही गरेर छाडिएको छ भने ५ सय ५७ सवारी साधनलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी प्रवक्ता जयराम सापकोटाले सेतोपाटीलाई बताए।
होलीको दिनमा ७ वटा दुर्घटना भएकोमा एकको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ।