अस्थायी शिक्षकको परीक्षा अनिश्चितकालका लागि स्थगित

अामरण अनसनमा बसेका शिक्षक। फाइल तस्बिर : निशा भण्डारी/ सेतोपाटी


शिक्षक सेवा आयोगले यही चैत २३ गते गर्ने भनेको शिक्षक स्थायी परीक्षा हाललाई स्थगित गरेको  छ।

आयोगले वेवसाइटमा शुक्रबार दिउँसो सूचना प्रकाशित गर्दै अहिले विज्ञापन गरेअनुसार परीक्षा लिँदा रिक्त पदहरू पूर्ति हुन नसक्ने र पठनपाठन प्रभावित हुन सक्ने भन्दै हाललाई परीक्षा स्थगित गरिएको हो।

परीक्षा स्थगित गर्नुपर्ने माग गर्दै अस्थायी शिक्षक र विद्यार्थीले आमरण अनसन तथा सडक संघर्षका कार्यक्रमहरु गर्दै आएका थिए।

यो पनि हेर्नुहोस् :

शिक्षकको परीक्षा नगर्न विद्यार्थीको चक्काजाम

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.