ताप्लेजुङको फुङलिङमा आगलागी


ताप्लेजुङको फुङलिङ बजारमा रहेको एक होटलमा शुक्रबार बिहान आगलागी भएको छ । फुङलिङ नगरपालिका–२ स्थित हेलिप्याडमा रहेको होटल ईको भ्यु पोईन्टमा बिहान करिब ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट होटलको छतमा रहेको रेष्टुरेण्ट जलेर नष्ट भएको छ । पक्की भवनको तल्लो तलामा लज सञ्चालन हुँदै आएको थियो भने छतमा रेष्टुरेण्ट थियो । उक्त रेष्टुरेण्ड रमेश गुरुङ लगायतले सञ्चालन गरेका हुन् ।

आगलागी झण्डै १ घण्टाको समयमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले आगो नियन्त्रणको प्रयास गरेका थिए ।

आगलागीबाट नजिकै रहेका अरू घरहरू जोगिएका छन्। आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको विवरण संकलन भईरहेको प्रहरीले बताएको छ । मानवीय क्षति भने नभएको बताईएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.