काठमाडौंको ‘द अमादब्लम’ होटलमा एक जनाको हत्या

होटलको रिसेप्सनिष्टसहित ५ जना पक्राउ


काठमाडौंको अमादब्लम होटलमा एक जनाको हत्या भएको छ।

होटलमा बस्न आएका भारतीय नागरिक अदित्य गुरुङको हत्या भएको हो। उनको टाउकोमा गम्भीर चोट देखिएको काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए। होटलकी रिसेप्सनिष्ट डोंगी शेर्पासँग गुरुङको विवाद भएको र सोही क्रममा झगडा हुदाँ उनको मृत्यु भएको उनले बताए।

प्रहरीले घटनामा सम्लग्न भएको भन्दै शेर्पासहित होटलका सुरक्षागार्ड र कर्मचारी गरी ५ जनालाई पक्राउ गरेको छ।

मदिरा सेवन गरी होटल पुगेका गुरुङले थप मदिरा मगाइदिन मध्यरातमा शेर्पासँग आग्रह गरेको र शेर्पाले ल्याउन नसकिने बताएपछि उनीहरुवीच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.