वाम गठबन्धन छाड्ने मनस्थितिमा भट्टराईको नयाँ शक्ति


बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति एमाले र माओवादी गठबन्धनबाट बाहिरिने ‘मनस्थिति’मा पुगेको छ।

गोर्खा -२ मा उम्मेदवार  बन्नबाटै भट्टराईलाई रोकिरहेको माओवादी र सूर्य चुनाव चिन्ह लिदाँ पनि उम्मेदवारमा अंकुश बेहोर्नुपरेपछि नयाँ शक्ति बाहिरिने मनस्थितिमा पुगेको हो।

नयाँ शक्तिका संयोजक भट्टराईले पार्टी बैठकमै आफ्नै चुनाव चिन्हमा चुनाव लड्ने वा उम्मेदवारी नै नदिएर गठबन्धनलाई सहयोग गर्ने विकल्प प्रस्तुत गरेका हुन्।

भट्टराईले वार्ता जारी रहेको तर माओवादीले जनयुद्धदेखिको हिसाब निकाल्न खोजेको ब्रिफिङ गर्दै सिट बाँडफाँटमा कुरा नमिले गठबन्धनमा रहने /नहरेन सोच्ने बताएका हुन्। भट्टराईले बैठकमा यस्तो धारणा राखेपछि नयाँ शक्तिका नेताहरूले नारायकाजी श्रेष्ठ र प्रचण्ड विरुद्ध उम्मेदवारी दिनुपर्ने बताएका थिए।

नयाँ शक्तिका प्रवक्ता केशव दाहालले परिस्थिति ठिक ढंगले नगए साथीहरूको उम्मेदवारी रोक्न नसक्ने बताए। एमाले अध्यक्ष केपी ओलीले अझै मिलाउने बताइरहेको तर माओवादी केन्द्र पेलेर अगाडि बढ्ने मनस्थितिमा रहेको भट्टराईले बैठकमा ब्रिफिङ गरेका हुन्। माओवादीले नयाँ शक्तिका उम्मेदवार सूर्य चुनाव चिन्ह लिने भएपछि उसले ६० प्रतिशतबाट भाग पाउनुपर्ने तर आफ्नो सिट नछाड्ने बताएको हो।

ओलीले बुधबारको भेटमा भट्टराईलाई आफ्नो पार्टी ६० प्रतिशतमा रहेको र मिलाउने कोसिस गरिनै रहेको बताएक थिए। स्थानीय तहको निर्वाचनमा समानुपातिकमा नयाँ शक्तिको मतले तीन चार वटा सिट पाउने अवस्था रहेको भएपनि अहिले दलहरूले पेलेको दाहालले बताए। ‘यदि गठबन्धन भएन भने साथीहरूलाई उम्मेदवार  बनाउन ‘डेमो सूची’ हामीपनि तयार गरिरहेका छौँ’, दाहालले भने।

यो पनिः

गोर्खाको दुवै क्षेत्र माओवादीलाई दिन एमाले सहमत, कहाँबाट लड्लान् बाबुराम?

माओवादीले बाबुरामलाई भन्यो- गोर्खाबाट हुन्न, काठमाडौंमा उठ्नुस्

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.