विमानस्थलमा गृहमन्त्रीको छड्के

बिहीबार साँझ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्दै गृहमन्त्री जनार्दन शर्मा।


गृहमन्त्री जनार्दन शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के निरीक्षण गरेका छन्। बिहीबार साँझ अकस्मात विमानस्थल पुगेका शर्माले गृह प्रशासन मातहतका इकाईहरुको काम-कारबाही निरीक्षण गरेका हुन्।

अध्यागमन विभागका इकाईहरुको काम-कारबाही तथा कर्मचारीको उपस्थिति निरीक्षण गर्दै मन्त्री शर्माले विमानस्थलको कन्ट्रोल रुम तथा सिसिटिभी कक्ष पनि अवलोकन गरे। उनले विमानस्थलको आगमन कक्ष तथा प्रस्थान कक्षमा कार्यरत अध्यागमन विभागका कर्मचारीको उपस्थिति र हाजिरी पुस्तिका निरीक्षण गरे।

विमानस्थलको एक्सरे मेसिन तथा सिसिटिभी कक्ष निरीक्षण गर्दै मन्त्री शर्माले त्यहाँ कार्यरत कर्मचारीलाई ‘यहाँ काम गरेको कति समय भयो ?’ भन्दै प्रश्न गरेका थिए।

निरीक्षण क्रममा विभानस्थलका एयर कन्डिसन तथा केही सिसिटिभी बिग्रिएको पाइएको छ। विमानस्थलमा रहेका ३४१ सिसिटिभीमध्ये ३ सय ८ वटा मात्रै चालू अवस्थामा रहेको सिसिटिभी कक्षमा कार्यरत प्रहरी जवान विक्रम तामाङले मन्त्री शर्मालाई जानकारी गराए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.