लोकतान्त्रिक फोरमको तेस्रो जित सुनसरीको बर्जुमा


सुनसरी बर्जु गाउँपालिका अध्यक्षमा फोरम लोकतान्त्रिक विजयी भएको छ।

यहाँ लोकतान्त्रिक फोरमका रघुनन्दन चौधरी ४०२६ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन्। उपाध्यक्षमा फोरमकै संगीताकुमारी राय ४१६७ मत ल्याएर विजयी भएकी छन्।

यो फोरमको तेस्रो जित हो। यसअिघ सुनसरीकै दुहवी नगरपालिकामा वेदराज गच्छदार र नवलपरासीको सरावल गाउँपालिकामा राधेश्याम चौधरी विजयी भइसकेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.