बुटवलमा एमाले ७७६ मतले अगाडि, उपमेयरमा एमाले र माओवादीको मतान्तर झन्डै ५ हजार

बुटवलमा एमाले ७७६ मतले अगाडि, उपमेयरमा एमाले र माओवादीको मतान्तर झन्डै ५ हजार


बुटवल उपमहानगरपालिकामा नेकपा एमालेको अग्रता कायम छ।

पछिल्लो मतगणनाअनुसार यहाँ मेयरमा एमालेका शिवप्रसाद सुवेदीले ७७६ मतले अग्रता लिएका छन्। उनले १०७१९ मत पाएका छन् भने कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले ९९४३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

उपमेयरमा भने एमाले उम्मेदवार भारी मतान्तरले अगाडि छन्। यहाँ एमालेकी गोमा आचार्यले ११८५४ मत ल्याएकी छन्। उनले पाएको मत निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका जगतबहादुर पोखरेलको भन्दा ४८५८ ले बढी छ। पोखरेलले ६९९६ मत पाएका छन्।

यहाँ मतगणना जारी छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.