नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाका सेनाध्यक्ष दलवीर सिंह विभिन्न कार्यक्रममा व्यस्त छन्। सिहंले आजै प्रधान सेनापति राजेन्द्र क्षेत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गरेका छन्। यसअघि उनले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्र्यापण गरेका थिए भने जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकुटीले सम्मान गारत अर्पण गरको थियो।
सिंहले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्नेे र सैनिक श्रीमती सङ्घद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।
कात्तिक २७ गते प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। साथै सिंहले नेपाली र भारतीय सेनाबीच रुपन्देही जिल्लाको सालझण्डीमा संचालन भई रहेको संयुक्त अभ्यास ‘सूर्य किरण’ को निरिक्षण भ्रमण गर्ने कार्यक्रम छ।
भारतीय स्थल सेनाध्यक्ष नेपालको पनि मानार्थ प्रधानसेनापती रहने परम्परा छ। नेपाली सेनाका प्रधानसेनापती पनि भारतीय स्थल सेनाको मानार्थ सेनाध्यक्ष रहने परम्परा छ। सिंह कात्तिक २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ।