नेपालगन्जमा राप्रपाको अग्रता कायम, माओवादीलाई उछिनेर एमाले तेस्रो स्थानमा


प्रदेश नम्बर ५ कै एक ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको नेपालगन्ज उप महानगरपालिकामा राप्रपाका उम्मेदवारले आफ्नो सुरुआती अग्रता कायम राखेका छन्।

यहाँको पछिल्लो मतपरिणामअनुसार मेयरमा राप्रपाका धवलशमशेर राणा ८०१६ मतका साथ अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसका सुरेशकुमार कनौडियाले ४७२३ मतसहित पछ्याइरहेका छन्। यहाँ नेकपा एमालेका समसुद्दिन सिद्दिकी ४१४८ मत ल्याएर तेस्रो स्थानमा छन्।

यसअघि दोस्रो वा तेस्रो स्थानमा रहँदै आएको माओवादी केन्द्रका दामोदर आचार्य यसपालि चौथो स्थानमा झरेका छन्। उनलाई एमालेका सिद्दिकीले १३५ मतले उछिनेका छन्। पछिल्लो गणनामा माओवादीका आचार्यले पाएको मत ४०१३ छ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उमा थापामगर ६१३६ मतका साथ अगाडि छिन्। उनलाई राप्रपाका रमारानी गुप्ताले ५६७१ मत ल्याएर पछ्याइरहेकी छन् भने एमालेकी शान्तिदेवी ढकाल ४०८४ मत ल्याएर तेस्रो स्थानमा छिन्। माओवादी केन्द्रकी कलामुन अन्सारी भने ३७२८ मत ल्याएर चौथो स्थानमा झरेकी छिन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.