नेकपा एमालेका सांसद राजन भट्टराईले सरकारले अपनाउँदै आएको परराष्ट्र नीतिबारे सरकारको धारणा माग गरेका छन्।
शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले सत्तारुढ दल नेपाली कांग्रेसका नेता भारतमा आयोजित कार्यक्रममा सहभागी भएको विषय विवादमा आएको भन्दै यो नेपालले अपनाउँदै आएको परराष्ट नितिबारे सरकारको धारणा माग गरेका हुन्।
उनले नेपाल जुन भूराजनीतिक अवस्थामा रहेको छ यसमा छिमेकीको स्वार्थैमा असर पार्ने कुनै पनि कार्य नगर्ने असंलग्न नितिको मान्यता भएको भन्दै उनले यो मान्यतामा कुनै पनि हिसावले चुक्न हुँदैन र यसरी चुकेमा देशको राष्ट्रिय राजनीतिमा दिर्घकालिन असर पार्न सक्ने बताए।
उनले हामीले हाम्रो भूभाग कुनै पनि देशको विरुद्ध प्रयोग हुन नदिने मान्यतामा अहिले प्रश्न उठेको बताए।
प्रमुख दलको नेताले आफू सहभागी हुने कार्यक्रममा को को सहभागी हुँदै छ भन्ने कुरा जानकारी नलिइ जानु अथवा जानकारी भएर जाने विषयबारे गम्भीरताका साथ लिन र सरकारले यस बारे जवाफ दिन माग गरे।