प्यूठानको सरुमारानीमा पहिलो दलित अध्यक्ष


प्यूठानको सरुमारानी गाउँपालिकामा एमालेका झगबहादुर विक विजयी भएका छन्।

तीनवटा प्रदेशमा भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो दलित अध्यक्षका रूपमा विजयी विकले ३६७७ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका दोरबहादुर दर्लामीले २२४१ मत ल्याएका छन्।

त्यस्तै, उपाध्यक्षमा एमालेकै मीना सोमैले ३६८० मत ल्याएर विजयी भएकी छन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तुलसा बिष्टले १६११ मत ल्याएकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.